उपकार लघुवित्तसहित ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले बढ्दा उपकार लघुवित्तसहित ५ कम्पनीको शेयर मूल्यमा भने उच्च गिरावट देखिएको छ। आज कारोबारमा आएका ३६२ कम्पनीहरुमध्ये ६० कम्पनीको शेयर मूल्यमा गिरावट देखिदा उपकार लघुवित्त, एनआइबीएल स्टेबल फण्ड, एनआइसी एशिया सेलेक्ट फण्ड ३०, आत्मानिर्भर लघुवित्त, र १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८३, को मूल्यमा उच्च गिरावट देखिएको हाे।

जसमा उपकार लघुवित्त शेयर मूल्य ७.३२ प्रतिशत, एनआइबीएल स्टेबल फण्डको ६.२८ प्रतिशत,एनआइसी एशिया सेलेक्ट फण्ड ३० को ३.७४ प्रतिशत, आत्मानिर्भर लघुवित्तको शेयर मूल्य ३ प्रतिशत र नेपाल एसबीआई बैंक डिबेन्चर २०८३, को शेयर मूल्य २.९९ प्रतिशत घटेको छ।