नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब १७ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २,५९० को विन्दुमा बन्द भएको छ। आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन बैंक डिबेञ्चर २०८३ को कारोबार भएको छ। आज यसको ४४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ। आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। एनआइसी एशिया डिबेञ्चरको २१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन्। आज यसका इकाईनीले ९ दशमलव २० प्रतिशतका दरले कमाएका हुन्। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४० प्रतिशतका दरले कमाएका छन्। सागर डिष्टिलरीका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले ७ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन्। आज ११ उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको १.३७ प्रतिशत, फाइनान्स समूहको ०.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशतले शेयर मूल्य बढेको छ। आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्य ०.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड स्थिर रहेको हो।