काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय खाता कम गर्न सक्रियता देखाएको छ । केन्द्रीय बैंकले पछिल्लो समय निष्क्रिय खाताको प्रयोग गरेर ठगी गर्ने क्रम बढ्दा यसमा सक्रियता देखाएको हो ।
राष्ट्र बैंकले एक सर्कुलर नै जारी गरेर निष्क्रिय खाता कम गर्न बैंक तथा वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्क्रिय खातालाई कम गर्न कार्य योजना नै बनाउन निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले आगामी पुस मसान्तसम्ममा कार्य योजना लागू गर्नुपर्ने बताएको छ । यसअघि निष्क्रिय खाता कम गर्ने सम्बन्धमा कुनै व्यवस्था थिएन । राष्ट्र बैंकले यसमा चासो देखाउँदै कार्य योजना बनाएर नै निष्क्रिय खाताको सङ्ख्या कम गराउनुपर्ने जनाएको हो ।
यस्तै, अबदेखि बैंक तथा वित्तीय संस्थाले ले निष्क्रिय खाता सक्रिय गराउनको लागि कम्तीमा ६ महिना अवधिको अन्तरालमा एसएमएस, इमेलबाट अनुरोध गर्नुपर्ने बताएको छ ।






About Us
प्रतिक्रिया