यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३०.०९ अंकले घटेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पाेरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, सानीगाड हाइड्रो, सपोर्ट माइक्रोफाइनान्स, र १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९० का लगानीकर्ता रहेका छन्।

जसमा कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले गुमाएका छन्। भने उपकारको १०.६९ प्रतिशत, सानीगाड हाइड्रोको ६.३६ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.३२ प्रतिशत, र एनआईएमबी डिबेन्चरका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले गुमाएका हुन्।

आज सबैभन्दा धेरै एनएमबी डिबेन्चर ८.५० प्रतिशतका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले कमाएका हुन्।