काठमाडाैं – आगामी आर्थिक वर्ष २०८३/८४ मा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मंगलबार मौद्रिक नीति जारी गर्दै साे बताएका हुन्।
मौद्रिक नीति जारी गर्दै पौडेलले भने ‘बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने नीति लिएका छौँ।’
यस्तै, आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य रहेकाे पाैडेलले बताएका छन्। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित आगामी आवको मौद्रिक नीति ल्याएको उनले बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरु खोल्ने तथा बन्द गर्ने प्रक्रियामा लचकता दिने नीति पनि मौद्रिक नीतिमा समेटिएकाे छ। त्यसैगरी, वित्तीय सेवामा डिजिटलाइजेशनमा जान प्रोत्साहन दिने जस्ता संस्थाहरुको खर्च कटौतीका माध्यम मौद्रिक नीतिमा समेटिएकाे गभर्नर पौडेलले बताएका छन्।
(पूर्णपाठ)






About Us
प्रतिक्रिया