मौद्रिक नीति

आगामी आर्थिक वर्षमा मूल्यवृद्धि ५.५ प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण


काठमाडौं – आर्थिक वर्ष २०८३\८४ मा मुद्रास्फीति ५.५ सिमित रहने पक्षेपण गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै साे बताएका हुन्।

गभर्नर पौडेलका अनुसार बाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाब बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही दबाब पार्ने देखिएको छ । चालु आर्थिक वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत मात्र रहेको तर २०८३ वैशाखको वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ ।