अबको केही बेरमा मौद्रिक नीति सार्वजनिक हुने


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । केन्द्रीय बैंकले ३ः४० मा मौद्रिक नीति सार्वजनिक गर्ने जानकारी दिएको हो ।

राष्ट्र बैंकले नेपाल टेलिभिजनसहित राष्ट्र बैंकको सामाजिक सञ्जाल फेसबुक र युट्युवबाट प्रत्यक्ष प्रसारण गर्ने भएको हो । ‘आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ । साथै, उक्त कार्यक्रम यस बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिनेछ’ केन्द्रीय बैंकले सूचना नै जारी गरेर भनेको छ ।