१० महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत 


काठमाडौं – चालु आर्थिक आर्थिक वर्ष २०८२\८३ को दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष ०८२\८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको बताएको हो।  

वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ।