काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जाको आन्तरिक माग नबढ्दा कर्जा प्रवाहमा कमी आएको बताएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो।
बैंकिङ्ग क्षेत्रमा तरलता पर्याप्त रहेका कारण निक्षेप र कर्जाको भारित औसत ब्याजदरहरू घट्दो क्रममा रहेको केन्द्रीय बैंकले जनाएको छ। अर्थतन्त्र बढ्दो तरलता र घट्दो ब्याजदरको लाभ लिन सक्ने स्थितिमा थियो। निष्क्रिय कर्जा अनुपात केही बढेको भए तापनि पुँजीकोष अनुपात र तरल सम्पत्ति नियामकीय सीमाभित्रै रहेको हुँदा वित्तीय स्थायित्व कायम थियो।
यस्तै, केन्द्रीय बैंकले वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ६.७ प्रतिशतले वृद्धि भएको जनाएको छ । आन्तरिक माग घट्दा कर्जा प्रवाहको लक्ष्य समेत भेट्टाउन समस्या भएको केन्द्रीय बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया