काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा उनले राजीनामा दिएका हुन्।
सरकारले अध्यादेशमार्फत विभिन्न नियामक निकायमा पदमुक्त गरेको थियो। तर, संस्थानहरूमा भने पदमुक्तिका लागि दबाब दिइरहेको थियो।
बुक बिल्डिङ मार्फत् शेयर निष्काशनका लागि चिया विकास निगमसँग सम्झौता गरेपछि सञ्चालक समितिमार्फत सीइओ चापागाईंलाई स्पष्टीकरण समेत सोधिएको थियो। अर्थ मन्त्रालय स्रोतअनुसार स्पष्टीकरण दिने क्रममा चापागाईंलाई राजीनामाको दबाब समेत दिइएको थियो।






About Us
प्रतिक्रिया