काठमाडौं – शेयर बजार आज सातौं कारोबारको दिनपछि बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४४.५९ अंकले बढेर २६ सय ५२ दशमलव ९३ को बिन्दुमा कायम भएको छ। त्यस्तै,आज कारोबारमा आएका ३६२ कम्पनीमध्ये २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज दिनभरमा जम्मा ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ८५ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यससँगै, आज स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सिवाईसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतका दरले कमाएका छन्। त्यससँगै, आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताल गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया