काठमाडौं – नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ऋणपत्र ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज असार १६ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्ने भएको हो।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यसको साँवा भुक्तानी २०८४ असार १६ गते हुने याे ऋणपत्रकाे ब्याज भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। साथै, ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।






About Us
प्रतिक्रिया