काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ। छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख भएको सो व्यवस्थाको विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो।
मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो शेयर विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ।






About Us
प्रतिक्रिया