काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.५४ अंकले घट्दा समेत ट्रक्सार पिखुवा खोलासहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३५१ कम्पनीमध्ये २९ कम्पनीको शेयर मूल्य बढ्दा ट्रक्सार पिखुवा खोला याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स, धौलागिरी लघुवित्त र ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
जसमा ट्रक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्सको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, धौलागिरी लघुवित्तको १४.९८ प्रतिशत र ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ का ७.७६ प्रतिशतले बढेको छ।त्यस्तै, आज सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन्।
आज यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको ४.५० प्रतिशत, एशियन हाइड्रोपावर ४.४० प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया