स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आज कम्पनीको ९३ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता शेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो। अब कम्पनीको शेयर भोली अर्थात् असार १२ गतदेखि नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

Skip This