राष्ट्र बैंकको कार्यकारी निर्देशक बने गोबिन्द प्रसाद नागिला


काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक गोबिन्द प्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो।

केन्द्रीय बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति गर्न कर्मचारी सेवा विनियमावली, २०६८ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो।

उनलाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। यसअघि उनी बैंक सुपरिवेक्षण विभागको निर्देशकको रुपमा कार्यरत थिए।