नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ६३ करोड आसपास


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०८ अंकले बढेर बजार २७ सय ५ दशमलव ५३ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३५२ कम्पनीको ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ८३ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी एनआरएनको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। त्यस्तै आज सबैभन्दा बढी सोपान फमास्यूटिकल्सक लिमिटेड र एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले प्रतिशतका १४.९९ प्रतिशतका दरले कमाएका हुन्।

यससँगै आज सबैभन्दा बढी एनएमबी डिबेन्चर १०.७५–२०८९/९० का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.६४ प्रतिशतका दरले गुमाएका हुन्।