नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन्। अर्थ मन्त्रालयका सहसचिव लम्साललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् ।

लम्साल हाल अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्न महाशाखा प्रमुखका रुपमा कार्यररत छन्। हाल उनी नेपाल रिइन्स्योरेन्समा अध्यक्ष र नेपाल बैंकको सञ्चालकको रुपमा कार्यररत छन्।