काठमाडौं – बैंकहरुले कर्जा लगानी गरिसकेपछि पर्याप्त अनुगमन नगर्ने गरेको पाइएको छ । केन्द्रीय बैंकले बैंकहरुले कर्जा लगानी गरेपछि पर्याप्त वार्षिक मूल्याकंन र अनुगमन नगर्ने गरेको उल्लेख गरेको हो ।
‘कर्जा मूल्याङ्कन तथा कर्जा वर्गीकरणमा कमजोरीहरू देखिएका छन्। बैंकहरु लिलामी प्रक्रियामा रहेका कर्जा फाइलहरूलाई वर्गमा नराख्ने, ऋणीको वार्षिक मूल्याकंन नगर्ने तथा सम्बन्धित पक्षका कर्जाहरूलाई अनुगमन नगर्ने गरेकाे पाइएको छ’ केन्द्रीय बैंकले भनेको छ ।
कर्जा प्रवाहमा पनि विभिन्न कमजोरीहरू देखिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले ऋणीको योग्य कर्जा उपभोग सीमाभन्दा बढी कर्जा प्रवाह गर्ने गरेकाे, नकारात्मक खुद मूर्त सम्पत्ति भएका संस्थाहरूलाई कर्जा दिने गरेकाे, पर्याप्त धितो बिना कर्जा विस्तार गरेको तथा ५ प्रतिशतभन्दा बढी भएका वित्तीय संस्थाहरूका शेयरहरूलाई मार्जिन कर्जाको धितोका रूपमा स्वीकार गर्ने गरेको उल्लेख गरेको छ ।





About Us
प्रतिक्रिया