यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले घटेसँगै आज कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। आज नेप्सेमा कारोबारमा आएका २४२ कम्पनीहरुमध्ये कालिञ्चोक हाइड्रोपावर, १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९, त्यस्तै, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०९० र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ।

जसमध्ये कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य १०.६६ प्रतिशतले घटेको छ। त्यस्तै क्रमशः १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० को ८.२८ प्रतिशत, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९को ७.०३ प्रतिशत, त्यसैगरी, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०९० को शेयर मूल्य ५.४४ प्रतिशतले घटेर बन्द भएको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.४३ प्रतिशतले घटेर बन्द भएको छ।

साथै, आज सबैभन्दा बढी सोपान फमास्यूटिकल्सक लिमिटेड र एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३.३१ प्रतिशतका दरले कमाएका हुन्।