काठमाडौं – आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फमास्यूटिकल्सक लिमिटेडको शेयर कारोबार आएको छ। आजबाट यस कम्पनीले २७६.५० रुपैयाँमा आफ्नो पहिलो कारोबार सुरु गरेको हो।
आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन्। यससँगै कम्पनीको शेयर मूल्य २७ रुपैयाँ ६० पैसाले बढेर ३०४.१० रुपैयाँमा उकालो लागेको छ।
कम्पनीलाई नेप्सेले ९२.१५ रुपैयाँदेखि २७६.५० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो। नेप्सेमा कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ।
जसमध्ये सर्वसाधारणलाई बाँडफाँट गरिएको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता रहेको छ।








About Us
प्रतिक्रिया