काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २६.६५ अंकले घटेर बन्द भएको छ। यससँगै साताभरमा २५ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
यस साता ५ दिन शेयर कारोबार हुँदा २ दिन बजार बढ्दा ३ दिन घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से २६.७२ अंकले घटेर बजार २७ सय ५५ दशमलव ३७ को बिन्दुमा पुगेको थियो।
त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से २२.२१ अंकले बढेर बजार २७ सय ७७ दशमलव ५८ को पुग्यो। त्यस्तै, बुधबार २.६६ अंकले बढेर बजार २७ सय ८० दशमलव २५ को बिन्दुमा बन्द भयो। त्यसैगरी, बिहीबार १३.४६ अंक र शुक्रबार ११.३७ अंकले घटेर बजार बन्द भयो।
कारोबार रकम कति?
सोमबारः ५ अर्ब ३१ करोड
मंगलबारः ५ अर्ब १६ करोड
बुधबारः ५ अर्ब ३३ करोड
बिहिबारः ४ अर्ब २२ करोड
शुक्रबारः ५ अर्ब ७ करोड






About Us
प्रतिक्रिया