यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६६ अंकले बढेरसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३४७ कम्पनीहरुमा कालिञ्चोक हाइड्रोपावर त्यस्तै, ८.५ प्रतिशत एसबीएल डिबेन्चर २०८४, विजय लघुवित्त, सयपत्री हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

जसमा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, ८.५ प्रतिशत एसबीएल डिबेन्चर २०८४ का लगानीकर्ताले १४.९३ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, क्रमशः विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावरको ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ६.१७ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तैगरी, आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ता गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन्।

त्यस्तै, १०.२५ प्रतिशत एनबीबीएल २०८५ को ३.५६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३.४८ प्रतिशत, र हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ३.३९ प्रतिशतका दरले गुमाएका छन्।