नेप्सेमा झिनो अंकको सुधार कारोबार रकम ६ अर्ब बढी


काठमाडौं – आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेर बजार २७ सय ८२ दशमलव १० विन्दुमा कायम भएको छ।

आज कारोबारमा आएका ३५४ कम्पनीको ६ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, भूगोल हाइड्रोका लगानीकर्ताले १३.३७ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै १०.२५ प्रतिशत सानीमा डिबेन्चर २०८९ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले गुमाएका छन्।