काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज कारोबारमा आएका ३३६ कम्पनीहरुमध्ये ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका हुन्।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा क्रेष्ट माइक्रो लाइफ, माबिलुङ इनर्जी, भूगोल हाइड्रो, आँखु खोला जलविद्युत र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्।
जसमा क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन्। भने बाँकीका ४ कम्पनीले क्रमशः माबिलुङ इनर्जीले ९.३५ प्रतिशत, भूगोल हाइड्रोले ९.१२ प्रतिशत त्यस्तै, आँखु खोला जलविद्युतले ७.२० प्रतिशत र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज ४ अर्ब बढीको कारोबार हुँदा सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
त्यस्तै, रिदि पावर कम्पनीको २४ करोड ५४ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख र अपि पावर कम्पनीको १६ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।






About Us
प्रतिक्रिया