काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५१ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज नेप्सेका सर्वाधिक कमाउने कम्पनीहरुमा कर्पाेरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दरमखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ र नेपाल एसबीआइ नेपाल डिबेन्चर २०९० कम्पनी रहेका छन्।
जसमा आज कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १४.२६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, क्रमशः नेपाल रिपब्लिक मिडियाले ६.४१ प्रतिशत, दरमखोला हाइड्रो इनर्जीले ३.६१ प्रतिशत त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले ३.०९ प्रतिशत र नेपाल एसबीआइ नेपाल डिबेन्चर २०९० कम्पनीका लगानीकताले ३ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, आज सिटि होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै थ्रि स्टार हाइड्रोपावरले ५.८२ प्रतिशत, ८.५ प्रतिशत त्यस्तै, प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया