प्रि ओपन सेसनमा ४.२० अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.२० अंकले घटेर बन्द भएको छ। यस सेसनमा २५ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ५ हजार १ सय ९५ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ४९ कम्पनीमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।