१० अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब २९ करोड

१० वटा उपसूचक राताम्मे


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव ०७ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ। आज ८० कम्पनीको शेयर भाउ बढेको छ भने १७४ कम्पनीको शेयर भाउ घटेको छ।

आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शाहस ऊर्जाको १८ करोड ७७ लाख रुपैयााको शेयर कारोबार भउको छ। एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन्। क्रेष्ट माइक्रो लाइफका लगानकिर्ताले ९ दशमलव २२ प्रतिशतका दरले कमाएका छन्। एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ३ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन्। एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले २ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानकिर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन्। आज ३ वटा उपसूचक वृद्धि भएको छ भने बाँकी १० वटा उपसूचक राताम्मे बनेको छ। ट्रेडिङ्ग इन्डेक्स, म्युचुअल फण्ड र जीवन बीमा उपसूचक सामान्य बढ्दा बाँकी सबै उपसूचक राताम्मे बनेका हुन्।