लगातार चौथो कारोबारको दिनपनि घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। तिन कारोबारदेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३४.६३ अंकले घटेर बजार बन्द भएको हो । यससँगै बजार २७ सय ४ दशमलव ८ को बिन्दुमा बन्द भएको छ। यससँगै आज कारोबार रकम समेत घटेर ४ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका ३४१ कम्पनीमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज दिनभरिमा १ करोड ७४ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.५८ प्रतिशतका दरले गुमाएका हुन्।