साताको शेयर समीक्षा: नेप्सेमा ५० अंकको गिरावट, खुम्चियो कारोबार रकम


काठमाडौं – यो साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४९.९७ अंकले घटेको छ। यससँगै कारोबार रकम समेत घटेर १९ अर्ब आसपासको कारोबार भएको छ। 

यस साता ४ दिन शेयर कारोबार हुँदा १ दिन बजार बढ्दा ३ दिन लगातार घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से झिनो अंकको ७.७३ वृद्धिसहित बजार २७ सय ९६ दशमलव ४३ को बिन्दुमा पुगेकाे थियाे।

त्यस्तै, बाँकीका ३ कारोबारका दिन नेप्से लगातार घटेर यस साता भरको कारोबार बन्द भएको छ। जसमा साताको दोस्रो कारोबार दिन मंगलबार २६.१६ अंक, बुधबार २८.८१ अंक, बिहीबार ५.७३ अंकले बजार घटेर बन्द भएको छ। 

कारोबार कति ?
सोमबारः४ अर्ब ६४ करोड रुपैयाँ
मंगलबारः ६ अर्ब ४१ करोड रुपैयाँ 
बुधबारः ४ अर्ब ८४ करोड रुपैयाँ
बिहीबारः४ अर्ब ८२ करोड रुपैयाँ