काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.१६ अंकले घट्दा ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ। आज कारोबारमा आएका ३४९ कम्पनीहरुमा कर्पाेरेट डेभलपमेन्ट बैंक, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, सिटि होटल र भुजुङ हाइड्रोपावरका लगानिकर्ताले सर्वाधिक गुमाएका हुन्।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १४.९९ प्रतिशतको गिरावट आएसँगै शेयर मूल्य प्रतिकित्ता २३ सय ५३ रुपैयाँमा झरेको छ। त्यस्तै, रिज लाइन इनर्जीको शेयर मूल्य १०.२७ प्रतिशतले घटेर ११ सय ४५ रुपैयाँमा झरेको छ । त्यस्तै, क्रमशः सूर्यकुण्ड हाइड्रोको ९.९४ प्रतिशतले घटेर १४ सय १४ रुपैयाँमा झरेको छ।
सिटि होटलको ९.२५ प्रतिशतको गिरावटसहित ४ सय ९४ रुपैयाँ ८० पैसा, र भुजुङ हाइड्रोपावरको शेयर मूल्य ८.५६ प्रतिशतले घटेर १ हजार १३ रुपैयाँ १० पैसा कायममा झरेको छ। त्यसैगरी सबैभन्दा बढी हिमालयन बैंक डिबेन्चर बण्ड २०८६ का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानिकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन्।



About Us
प्रतिक्रिया