सीडीएससीकी प्रबन्धक सञ्चालक पन्दाकलाई नेप्सेले फिर्ता बोलायो


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रविन प्रन्दाक (सीईओ) लाई पदबाट हटाउदै पुनः नेप्सेमै फिर्ता बोलाएको छ।

नेप्सेको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई सो पदबाट हटाउँदै पुनः नेप्से मै बोलाउने निर्णय गरेको हो। पन्दाक २०८१ पुस १४ गते प्रबन्ध सञ्चालकमा चार वर्षे कार्यकालका लागि नियुक्त भएकी थिइन।

उनी सो पदमा नियुक्त भएदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै विवादमा परेकी पर्दै आएकी थिइन्।