यी हुन् आज नेप्सेमा सार्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६५ अंकले मात्रै बढ्दा पनि ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा पाल्पा सिमेन्ट इन्ड्रष्ट्रिज शिखर पावर, माईखोला हाड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक र श्रीनगर एग्रिटेकका लगानीकर्ता रहेको छन्।

जसमा पाल्पा सिमेन्ट इन्ड्रष्ट्रिज, शिखर पावर र माईखोला हाड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्।त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १२.६२ प्रतिशत र श्रीनगर एग्रिटेकका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन्।

यससँगै, आज सबैभन्दा बढी १० प्रतिशत प्राइम डिबेन्चर २०८८ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, मन्छीयाम हाइड्रोपावरको ३.५० प्रतिशतका दरले गुमाएका छन्।