काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना चैत्रसम्म सेवा आय ३७ अर्ब बढी रुपैयाँले घाटामा रहेको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार समिक्षाा अवधिमा सेवा आय ३७ अर्ब ६९ करोड रूपैयाँले घाटामा रहेकाे हाे।
अघिल्लो वर्षको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६१ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको थियो।सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २.५ प्रतिशतलेकमी भई ५५ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १.७ प्रतिशतले कमी भई १४५ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ। यसमध्ये शिक्षातर्फकाे व्यय ९७ अर्ब रूपैयाँ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १४७ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ८८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो।



About Us
प्रतिक्रिया