बुक बिल्डिङबाट शेयर निष्कासन अघि बढाउन नेप्से र ७ कम्पनीबीच सम्झौता


काठमाडौं – बुक बिल्डिङ विधिमार्फत शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउन ७ कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग सम्झौता गरेका छन्। बुक बिल्डिङ निर्देशिका बमोजिम कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूको लागि छुट्‌याएको शेयरको सिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो। 

बुक बिल्डिङ विधिबाट शेयर निष्कासन प्रक्रिया अगाडि बढाउन नेप्सेसँग सम्झौता गरेका कम्पनीमा यति ब्रुअरी लिमिटेड, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड नेपाल चिया निगमन लिमिटेड रहेका छन्। 

जसमा यति ब्रुअरीले संस्थागत लगानीकर्ताका लागि ८ लाख ६० हजार ८ सय कित्ता छुट्याएको छ। त्यस्तै, नर्भिकले ८ लाख १६ हजार ४८० कित्ता, त्यस्तै जगदम्बा स्पिनिङले १८ लाख, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६ सय कित्ता, लक्ष्मी स्टिलले १८ लाख कित्ता, पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता र नेपाल चियाले २ लाख ४० हजार कित्ता शेयर संस्थागत लगानीकर्ताका लागि छुट्याएका छन्।