काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९५ अंकले घटेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज कारोबारमा आएका ३४२ कम्पनीमध्ये होटल फरेष्ट इन, एसियन हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट, सुपर खुदी र मुक्तिनाथ म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्।
जसमा होटल फरेष्ट इनका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १०.७५ प्रतिशतका दरले गुमाएका हुन्। यससँगै कम्पनीको शेयरमूल्य १४९ रुपैयाँले घटेर १२ सय ३७ रुपैयाँमा झरेको छ। त्यस्तै, एसियन हाइड्रोपावरको शेयर मूल्य ८.३८ प्रतिशतले घटेर प्रतिकित्ता ५३६ रुपैयाँमा झरेको छ।
त्यस्तै, कर्पाेरेट डेभलपमेन्टको शेयर मूल्य ७.८४ प्रतिशत घटेर १९ सय ५६ रुपैयाँ ५० पैसा, त्यस्तै सुपर खुदीको शेयर मूल्य ७.७८ प्रतिशत घटेर ११ सय ८५ रुपैयाँमा कायम भएको हो। त्यसैगरी, मुक्तिनाथ म्यूचुअल फण्ड–१ को शेयर मूल्य ४.४० प्रतिशत घटेर प्रतिकित्ता ९ रुपैयाँ ५५ पैसामा झरेको छ।
यसैगरी, आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्।



About Us
प्रतिक्रिया