प्रि ओपन सेसनमा नेप्से करिब ३ अंकले बढ्यो


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९२ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ३४ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यससँगै कारोबारमा आएका ६५ कम्पनीको ५ हजार ६४९ कित्ता शेयर किनबेच भएको छ। यससँगै, २४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घट्दा १० कम्पनीको मूल्य स्थिर देखिएको छ।