काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ल्याएको नयाँ नीति ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आज अर्थात् सोमबारदेखि कार्यान्वयनमा आएको छ। धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै सर्किट ब्रेकमा नयाँ नीति लिएको हो।
मूल विनियमावलीको विनियम १७ मा संशोधन गर्दै नेप्सेले मूल विनियमावलीको विनियम १७ को उपविनियम (१) र उपविनियम ९२० को सट्टा उपविनियम (१) र उपविनियम (२) राखेको छ।
आजदेखि लागू हुने गरी निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि, निरन्तर कारोबार सुरु भएको कुनैपनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात् सो दिनको कारोबार बन्द हुने भएको हो।
यस्तै, कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा पन्ध्र प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार नै नहुने नेप्सेले जनाएको छ।



About Us
प्रतिक्रिया