प्रि ओपन सेसनमा करिब साढे ६ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३० अंकले घटेर बन्द भएको छ। यस सेसनमा २ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यससँगै कारोबारमा आएका ११२ कम्पनीको २९ हजार ६०० कित्ता शेयर किनबेच भएको छ। यससँगै, ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घट्दा १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।