काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्किट ब्रेकमा नयाँ नीति लिएको छ । धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै सर्किट ब्रेकमा नयाँ नीति लिएको हो ।
मूल विनियमावलीको विनियम १७ मा संशोधन गर्दै नेप्सेले मुल विनियमावलीको विनियम १७ को उपविनियम (१) र उपविनियम (२) को सट्टा उपविनियम (१) र उपविनियम (२) राखेको छ । जसमा निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि, निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द गर्ने भएको हो ।
यस्तै, कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा पन्ध्र प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार नै नहुँने नेप्सेले जनाएको छ । यसैगरी, प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ । यस सत्रमा कारोवार नभएका आदेशहरुलाई नियमित सत्रमा प्रविष्टी गरी कारोबार हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।



About Us
प्रतिक्रिया