काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.२७ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३४४ कम्पनीहरूमध्ये रिज लाइन इनर्जी, सूर्य कुण्ड हाइड्रो इलेक्ट्रीक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै क्रमशः उपकार लघुवित्तले ४.४४ प्रतिशत, सनराइज ब्लूचिप फण्डले २.७७ प्रतिशत, माई खोला हाइड्रोपावरले २.२२ प्रतिशतका दरले गुमाएका छन्।
यससँगै आज शिवम् सिमेन्टको कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनलन हाइड्रोपावरको ५७ करोड ११ लाख रुपैयाँ, रिलायन्स स्पिनिङको ४९ करोड ९१ लाख रुपैयाँ, सोलुको ४१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया