प्रि ओपन सेसनमा ०.९० अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.९० अंकले बढेर बन्द भएको छ। यस सेसनमा ३७ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यससँगै कारोबारमा आएका ५८ कम्पनीको ७ हजार १०८ कित्ता शेयर कारोबार भएको छ। यससँगै, २९ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घट्दा ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।