काठमाडौं – मोबाइल लुटपाट गरेर बैंक खाताको रकम झिक्ने तीन व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने १९ वर्षीय वीरबहादुर तामाङ र दोलखाको मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र खोटाङका १८ वर्षीय प्रज्वल राई छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीहरूले एक व्यक्तिको मोबाइल लुटेर डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर वालेट रिसेट गरी बैंक खातामा रहेको १ लाख २७ हजार ६ सय रुपैयाँ झिकेको पाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया