वर्षको अन्तिम कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ८ अर्ब बढी

७ उपसूचक राताम्य


काठमाडौं – यस वर्षको अन्तिम कारोबारको दिन सोमबार बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१८ अंकले घटेर बजार २८ सय ३३ दशमलव ६० को बिन्दुमा बन्द भएको छ।

आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी नेशनलन हाइड्रोपावरको शेयर कारोबार भएका छ। आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडि पावरको ४९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी आज सबैभन्दा बढी सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा यूनिक लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतले गुमाएका छन्। यसदिन ७ उपसूचक राताम्य भएका छन्। आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, जीवन बीमा समूहको ०.४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको छ।