७ जना जुवाडे पक्राउ, ३६ हजार बरामद 


काठमाडौं – कञ्चनपुरको भिमदत्त–१८ महाकाली प्रादेशिक अस्पताल नजिकबाट ७ जना जुवाडे पक्राउ परेका छन्। उक्त स्थानमा पदम राज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पन्तसहित ७ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार नगद र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।