काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ४० लाख जरिवाना तोकिएकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीकी सन्जा कुमारी कठायत रोकाया रहेकी छिन्।
उनीविरुद्ध जिल्ला अदालत डोटीले बैंकिङ्ग कसुर मुद्दामा १० दिन कैद सजाय र ४० लाख जरिवाना फैसला गरेको थियो।
रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रबार डोटीको दिपायल सिलगढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया