गृहमन्त्री सुदन गुरुङसँग नै प्रचलित कानून विपरीत जग्गा, जफतबारे के छ व्यवस्था ?


काठमाठडौं – प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्व सरकारमा गृहमन्त्री रहेका सुधन गुरुङसँग प्रचलित कानून विपरीत गैह्रकानूनीरुपमा हदबन्दीभन्दा धेरै जग्गा राखेको पाइएको छ। आइतबार साँझ सार्वजनिक प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार कानून विपरीत हदबन्दीभन्दा धेरै जग्गा राखेको पाइएको हो।

सार्वजनिक सम्पत्ती विवरणअनुसार गृहमन्त्री सधन गुरुङसँग गोरखामा २२१ रोपनी जग्गा रहेको पाइएको छ। यस्तै, गुरुङसँग धनकुटामा १९ रोपनी जग्गा छ। गुरुङसँग रहेको सयौँ रोपनी जग्गा समेत कानून विपरित छ। भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम पहाडमा एक व्यक्तिले आफ्नो नाममा ७५ रोपनीभन्दा धेरै जग्गा राख्न पाउँदैनन्।

यसअनुसार प्रधानमन्त्री र गृहमन्त्रीले कानून विपरित गैह्रकानूनीरुपमा हदबन्दीभन्दा धेरै जमिन आफ्नो सम्पत्ति विवरणमा राखेका छन्। जुन, कानून बमोजिम जफत गर्नुपर्ने हुन्छ।

के छ कानूनी व्यवस्था?  भूमिसम्बन्धी ऐन २०२१ अनुसार एक व्यक्तिले काठमाडौं उपत्यकामा ३० रोपनीभन्दा धेरै जग्गा राख्न पाउँदैन भने पहाडमा ७५ रोपनीभन्दा धेरै जग्गा आफ्नो नाममा राख्न पाउँदैन। यस्तै, तराईमा ११ बिघा जमिन मात्रै राख्न पाइन्छ। यी ३ स्थानमध्येमा एक ठाउँको हदबन्दी पुरा भएपछि अर्कोतर्फ जग्गा राख्न नपाउने व्यवस्था छ।