स्वर्णिम मन्त्रीमण्डलः बालेनसहित १६ मन्त्रीसँग ७९९ तोला सुन, २३ करोड ७५ लाख बजार मूल्य


काठमाडौं – वर्तमान सरकारका १६ जना मन्त्रीहरुले आफ्ना सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको दुई सातापछि मन्त्रीपरिषद्लाई पूर्णता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरुको सार्वजनिक गरेको सम्पत्ती विवरणअनुसार उनीहरुसँग कूल सुन भण्डारण ७९९.५ ताेला देखिएको हो।

सार्वजनिक सम्पत्ती विवरणअनुसार प्रधानमन्त्री शाहसँग सबैभन्दा धेरै सुन छ। शाहसँग १९० तोला सुन छ। यस्तै, मन्त्री गौरीकुमारी यादवसँग १८० ताेला सुन छ। यसैगरी, सुदन गुरुङसँग ८९ तोला, स्वर्णिम वाग्लेसँग ४५ तोला सुन छ।

यसैगरी, शिशिर खनालसँग २२ तोला, विराजभक्त श्रेष्ठसँग १५ तोला, सुनिल लम्सालसँग ३० तोला, सिता वादीसँग १८ तोला सुन छ। प्रतिभा रावलसँग २५ तोला सुन छ भने निशा मेहतासँग ३० तोला सुन छ। सस्मित पोखरेलसँग २५ तोला, खड्कराज पौडेलसँग ११ तोला, विक्रम तिमिल्सिनासँग १९.५ तोला सुन छ।

यसैगर,ि गिता चौधरीसँग ५ तोला सुन छ भने रामजी यादवसँग ८० तोला सुन रहेको सार्वजनिक सम्पत्ती विवरणअनुसार देखिएको छ। मन्त्रीहरुसँगको सुनको तथ्यांकले वर्तमान सरकार ‘स्वर्णिम मन्त्रीपरिषद्’कारुपमा देखिएको छ।

यी सबै मन्त्रीहरुसँगको सुनको आजको मूल्यअनुसार बजार मूल्य २३ करोड ७५ लाख ३१ हजार रुपैयाँभन्दा बढी हुन्छ।