काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। बालेन शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूले स्वेच्छिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री वाग्लेले आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको विवरण अनुसार अर्थमन्त्री वाग्लेसँग काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गरी चारवटा महँगा घर तथा अपार्टमेन्टहरू रहेका छन्। उनीसँग ललितपुरको सानेपामा २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट र ललितपुरकै अर्को स्थानमा ५ करोड रुपैयाँ बराबरको आवासीय घर रहेको छ।
त्यस्तै, काभ्रेमा ३ करोड ७५ लाख रुपैयाँ बराबरको अपार्टमेन्ट र गृहजिल्ला तनहुँमा पुर्ख्यौली सम्पत्ति रहेको देखिएको छ। बैंकिङ कारोबारतर्फ अर्थमन्त्री वाग्लेले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको छ।
यसबाहेक विभिन्न कम्पनीहरूमा उनको सेयर लगानी समेत रहेको विवरणमा उल्लेख छ।



About Us
प्रतिक्रिया