साताको शेयर:

५६ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ५४ अर्ब बढी


काठमाडौं – यो साता शेयर बजारमा दोहोरो अंकले बढेर बन्द भएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६ अंकले बढेसँगै ५४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सातामा ६ दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढ्दा ३ दिन बजार घटेको थियो। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से १०५.५० अंकले घटेर परिसूचक समेत २७ सयको बिन्दुबाट २६ सयमा झरेकाे थियाे। त्यस्तै, सोमबार बजार ८३.३३ अंकले बढ्याे। मंगलबार भने बजार २.६१ अंकले घट्याे।

यस्तै, बुधबार ४५.१२ अंक र बिहीबार ४८.७१ अंकले बजार बढेकाे थियाे। यससँगै साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से १३.४५ अंकले घटेर बजार २८ सय ३७ दशमलव ७८ को बिन्दुमा बन्द भयाे।

कारोबार कति?
आइतबारः १२ अर्ब १८ करोड 
सोमबारः१० अर्ब ७५ करोड 
मंगलबारः ६ अर्ब ६० करोड
बुधबारः ८ अर्ब १५ करोड
बिहीबारः ९ अर्ब ७५ करोड
शुक्रबारः ८ अर्ब ९० करोड